५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित हुनुभएको छ ।

महराले छ हजार ७७३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गर्नुभएको छ । शुक्लाफाँटाको नगर उपप्रमुखका नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित हुनुभएको छ । उहाँले छ हजार ५१९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले पाँच हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २३६ मत प्राप्त गर्नुभएको छ । अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित हुनुभएको थियो ।

नौ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।