• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुर्याउछौँ : नगर प्रमखु लिम्बू



कञ्चनपुर । दोधरा चाँदनी नगरपालिकाका नवनिर्वाचित प्रमुख किशोरकुमार लिम्बूले सामाजिक सुरक्षाभत्ता घरमै पुगेर वितरण गर्ने बताउनुभएको छ ।

बैंकहरुलाई आवश्यक प्रक्रिया पूरा गरी घर–घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन निर्देशन दिइएको जानकारी उहाँले दिनुभयो । नगरको मुख्य समस्याको रुपमा रहेको डुवान र कटानको समस्या समाधानका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरीे समस्या समाधन गरिने नगरप्रमुख लिम्बुले जोड दिनुभयो । “पटक–पटक देखापर्ने सीमा समस्या समाधानका लागि केन्द्र सरकारसँग पहलका लागि कार्य अगाडि बढाउछौँ” उहाँले भन्नुभयो, “भारतीय अधिकारीसँग समन्वय गरी सीमा विवाद समाधानका लागि प्रयत्नशील रहने छौँ ।”

शैक्षिक क्षेत्रको विकासका लागि गुणस्तीय शिक्षामा जोड दिने र नगरपालिकास्तरीय छात्राबास निर्माणसँगै नगरस्तरीय पुस्तकालय स्थापना गरिने, एक वर्षभित्रै छाडा चौपाया व्यवस्थापन गरिने र मदिरा बिक्री गरी जीविका चलाउनेलाई स्वरोजगार बनाउनका लागि सीपमूलक तालिम दिइने नगरप्रमुख लिम्बुले बताउनुभयो । नगरमा अवैधरुपमा मदिरा विक्री वितरणमा पूर्ण रोक लगाइने र काम गर्ने व्यक्तिलाई मात्रै अनुदानका कार्यक्रममा समेटिने उहाँको उहाँको भनाइ थियो ।