• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

अर्घाखाँचीमा छोरी जन्माउने परिवारलाई रु तीन हजार



अर्घाखाँची । अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी दिनुभयो । पछिल्ला दुई वर्षको तथ्याङ्क हेर्दा पनि जन्मिएका छोरीको सङ्ख्या कम छ । गएको वर्ष अर्थात् २०७७/७८ मा ७५२ छोरा र ६२१ छोरी जन्मिएका छन् ।

विसं २०७६/७७ मा कूल एक हजार ३४० बच्चा जन्मिएकामा ६२२ छोरी र ७१८ छोरा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयलगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा छ । मानिस अवैधानिक रुपमा जिल्ला बाहिर जानेर र भ्रुण जाँच गरी गर्भपतन गर्ने बढिरहेका बताइएको छ ।

जिल्लामा गत साउनदेखि यता फागुन मसान्तसम्म ४७७ ले स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिएका छन् । गएको वर्ष २०७७/७८ मा ६५७ र आर्थिक वर्ष २०७६/७७ मा ६५३ जनाले सूचीकृत स्वास्थ्य संस्थामा गई गर्भपतन सेवा लिएको जनाइएको छ ।

सन्धिखर्क नगरपालिकासहित जिल्लाभर छोराको तुलनामा छोरी कम जन्मन थालेपछि छोरी जन्माउने परिवारमा उत्साह थप्न नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना सुरु गरेको छ । नगरपालिकाले छोरीको खातामा रु तीन हजार जम्मा गर्न सुरु गरेपछि स्थानीय बालिकाका अभिभावक पनि खुसी भएका छन् ।

अवैधानिक रुपमा भु्रण जाँच गरी छोरा भए राख्ने छोरी भए गर्भपतन गर्ने बढेपछि छोरी जन्मिए उनीहरुको खातामा नगरपालिकाले रु तीन हजार राखिदिने भएको हो । सन्धिखर्क नगरपालिकाका स्थायी बासिन्दा भई स्वास्थ्य संस्थामा आर्थिक वर्षको साउनदेखियता जन्मिएका छोरीहरुको निःशुल्क खाता खोली त्यो खातामा रकम जम्मा गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

सो नगरपालिकामा गत आर्थिक वर्ष २०७७/७८ मा ५९८ बालबालिका जन्मिएका छन् । जन्मिएका बालबालिकामध्ये २९१ बालक र २६७ बालिका रहेर्को नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताउनुभयो ।