• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

इटहरी तनावग्रस्त, एमाले नेतामाथि कुटपिट



इटहरी । इटहरी उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का उपप्रमुखमा पराजित उम्मेदवारका छोराले नेकपा (एमाले) का नेतामाथि कुटपिट गरेपछि इटहरी तनावग्रस्त बनेको छ ।

एकीकृत समाजवादीका पराजित उपप्रमुखका उम्मेदवार केशव विष्टका छोरा कैलाश विष्टसहितको तीन जनाको समूहले इटहरी संगीत चोकनजिकै एमाले १ नं प्रदेशसभा सदस्य हिमाल सुवेदीमाथि हातपात गरेको थियो ।

विष्टसहितको समूहले हातपात गर्दा सुवेदीको आँखामा चोट लागेको बताइएको छ । विष्टले हातपात गर्नुअघि आफूलाई धम्कीपूर्ण म्यासेज पठाएको सुवेदीले बताए ।

सुवेदीमाथि भएको हातपातको विरोधमा एमाले कार्यकर्ताले नाराबाजी गर्दै इटहरीस्थित इलाका प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् । प्रहरीले कुटपिट गर्ने विष्टलाई अहिलेसम्म पक्राउ नगरेकाले इटहरी तनावग्रस्त बनेको छ ।इटहरी तनावग्रस्त, एमाले नेतामाथि कुटपिट

इटहरी । इटहरी उपमहानगरपालिकामा नेकपा ९एकीकृत समाजवादी० का उपप्रमुखमा पराजित उम्मेदवारका छोराले नेकपा ९एमाले० का नेतामाथि कुटपिट गरेपछि इटहरी तनावग्रस्त बनेको छ ।

एकीकृत समाजवादीका पराजित उपप्रमुखका उम्मेदवार केशव विष्टका छोरा कैलाश विष्टसहितको तीन जनाको समूहले इटहरी संगीत चोकनजिकै एमाले १ नं प्रदेशसभा सदस्य हिमाल सुवेदीमाथि हातपात गरेको थियो ।

विष्टसहितको समूहले हातपात गर्दा सुवेदीको आँखामा चोट लागेको बताइएको छ । विष्टले हातपात गर्नुअघि आफूलाई धम्कीपूर्ण म्यासेज पठाएको सुवेदीले बताए ।

सुवेदीमाथि भएको हातपातको विरोधमा एमाले कार्यकर्ताले नाराबाजी गर्दै इटहरीस्थित इलाका प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् । प्रहरीले कुटपिट गर्ने विष्टलाई अहिलेसम्म पक्राउ नगरेकाले इटहरी तनावग्रस्त बनेको छ ।