• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

कामपा २७ मा कांग्रेसका खड्गी विजयी



काठमाडौं, ७ जेठ । काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय हुनुभएको छ । खड्गी नेकपा ९एमाले० का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो ।

खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी हुनुभएको छ ।

महिला सदस्यतर्फ कांगे्रसकै सृष्टी कंसाकार विजय हुनुभएको छ । दलित महिला सदस्यमा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिनुभएकी प्रभा परियार यसअघि नै निर्विरोध निर्र्वाचित हुनुभएको छ । वडा नं २७ सँगै कामपाका अन्य तीन वडामा पनि दलित महिला सदस्य निर्विरोध रुपमा चयन भइसकेका छन् ।

हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ । कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ । रासस