• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’

नेपाल ३३ रनले विजयी



काठमाडौं । युगान्डाको महिला टोलीसँगको पाँच खेलको ट्वान्टी–२० शृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौ तथा अन्तिम ट्वान्टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित आत्मसात गरेको हो । यद्यपि पाँच म्याचको टी–ट्वान्टी सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ । यससँगै घरेलु टोली नेपालले जितसहित शृंखलाको अन्त्य गरेको छ । १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालको कसिलो बलिङ समक्ष युगान्डाको ब्याटिङ अघिल्ला खेलको तुलनामा चल्न सकेन । जवाफी ब्याटिङ गर्ने क्रममा युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाउँदा ओपनर केभिन अविनोले १५, फियानो कुलुमे ८, जेनेट बाबाजिले १०, लियोना बाबिरियले २ र सुसान काकाईले ७ रन बनाए । सकिरा सादिक ७ र कान्सी अवेको १३ रनमा नटआउट रहे । कसिलो बलिङ गरेको नेपालका लागि नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुई÷दुई विकेट निकाल्दा आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक/एक विकेट आफ्नो नाममा लेखाए ।

जितपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले नेपाली टोलीलाई अभ्यस्त बनाउन यस्तै प्रतियोगिताको आवश्यक भएको प्रतिक्रिया दिनु भयो । धेरै पछि घरेलु मैदानमा आयोजना भएको शृंखलामा आफ्नो कमी कमजोरी औल्याउँदै १०/१५ रनका लागि मिहिनेत गर्दा सफल भएको उहाँले बताउनु भयो ।

‘लामो समय पछि घरेलु मैदानमा भएको शृंखलामा हाम्रो लागि सकारात्मक रह्यो । अघिल्ला खेलमा भन्दा हामीले आजको खेलमा १०/१५ रनको लागि मिहिनेत गर्दा राम्रो भयो । यसबाट खेलाडीले आफ्नो कमीकजोरी औल्याउने मौका पाएका छन् । यस्तै खेलाडीले आफ्नो भूमिका बारे गम्भीर भएर खेल्ने त्यही स्पट राम्रो हुन्छ र यदि भएन भने नराम्रो हुन्छ । अब हामीले गुमाएका तीन अघिल्ला खेल र पछिल्ला दुई खेललाई केलाउँदै एसिया कप क्वालिफायरमा जानुपर्छ ।’

यसअघि, युगान्डाले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पुरै २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १ सय २३ रनको स्कोर बनाएको थियो । अघिल्ला खेलमा भन्दा राम्रो स्कोर निस्किएको खेलमा नेपालका लागि ज्योति पाण्डे अर्धसतक बनाउन १ रनले चुकिन । ६१ बलको सामना गरेकी ज्योतिले ३ चौकासहित व्यक्तिगत ४९ रनको पारी खेलेकी हुन । यस्तै सिताराना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाईन । कबिता जोशीले नटआउट १८ रन बनाउँदा अपसरी बेगम ११ रनमा पवेलियन फकिईन । रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोविलियन फर्किए ।

युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए । पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो । नेपालले युगान्डाविरुद्धको पहिलो खेलमा १२ रनले गुमाएको थियो भने दोस्रो खेलमा एक विकेटको पराजय भोगेको थियो । तेस्रो खेलमा नेपालले ६ विकेटको हार ब्यहोरेको थियो भने चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।