५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

नेपाल ३३ रनले विजयी

नेपाल ३३ रनले विजयी
अ+ अ-

काठमाडौं । युगान्डाको महिला टोलीसँगको पाँच खेलको ट्वान्टी–२० शृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौ तथा अन्तिम ट्वान्टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित आत्मसात गरेको हो । यद्यपि पाँच म्याचको टी–ट्वान्टी सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ । यससँगै घरेलु टोली नेपालले जितसहित शृंखलाको अन्त्य गरेको छ । १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालको कसिलो बलिङ समक्ष युगान्डाको ब्याटिङ अघिल्ला खेलको तुलनामा चल्न सकेन । जवाफी ब्याटिङ गर्ने क्रममा युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाउँदा ओपनर केभिन अविनोले १५, फियानो कुलुमे ८, जेनेट बाबाजिले १०, लियोना बाबिरियले २ र सुसान काकाईले ७ रन बनाए । सकिरा सादिक ७ र कान्सी अवेको १३ रनमा नटआउट रहे । कसिलो बलिङ गरेको नेपालका लागि नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुई÷दुई विकेट निकाल्दा आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक/एक विकेट आफ्नो नाममा लेखाए ।

जितपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले नेपाली टोलीलाई अभ्यस्त बनाउन यस्तै प्रतियोगिताको आवश्यक भएको प्रतिक्रिया दिनु भयो । धेरै पछि घरेलु मैदानमा आयोजना भएको शृंखलामा आफ्नो कमी कमजोरी औल्याउँदै १०/१५ रनका लागि मिहिनेत गर्दा सफल भएको उहाँले बताउनु भयो ।

‘लामो समय पछि घरेलु मैदानमा भएको शृंखलामा हाम्रो लागि सकारात्मक रह्यो । अघिल्ला खेलमा भन्दा हामीले आजको खेलमा १०/१५ रनको लागि मिहिनेत गर्दा राम्रो भयो । यसबाट खेलाडीले आफ्नो कमीकजोरी औल्याउने मौका पाएका छन् । यस्तै खेलाडीले आफ्नो भूमिका बारे गम्भीर भएर खेल्ने त्यही स्पट राम्रो हुन्छ र यदि भएन भने नराम्रो हुन्छ । अब हामीले गुमाएका तीन अघिल्ला खेल र पछिल्ला दुई खेललाई केलाउँदै एसिया कप क्वालिफायरमा जानुपर्छ ।’

यसअघि, युगान्डाले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पुरै २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १ सय २३ रनको स्कोर बनाएको थियो । अघिल्ला खेलमा भन्दा राम्रो स्कोर निस्किएको खेलमा नेपालका लागि ज्योति पाण्डे अर्धसतक बनाउन १ रनले चुकिन । ६१ बलको सामना गरेकी ज्योतिले ३ चौकासहित व्यक्तिगत ४९ रनको पारी खेलेकी हुन । यस्तै सिताराना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाईन । कबिता जोशीले नटआउट १८ रन बनाउँदा अपसरी बेगम ११ रनमा पवेलियन फकिईन । रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोविलियन फर्किए ।

युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए । पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो । नेपालले युगान्डाविरुद्धको पहिलो खेलमा १२ रनले गुमाएको थियो भने दोस्रो खेलमा एक विकेटको पराजय भोगेको थियो । तेस्रो खेलमा नेपालले ६ विकेटको हार ब्यहोरेको थियो भने चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।