• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

कैलालीको जानकीमा चौधरीको जित



कैलाली । कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित चौधरीले सात हजार १५१ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो ।

उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले पाँच हजार २४२ मत तथा नेकपा ९एमाले०का टङ्कबहादुर बमले चार हजार २४१ मत पाउनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया छ हजार ५२६ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता चौधरीले चार हजार पाँच मत ल्याउँदा गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का जयप्रकाश दहितले चार हजार ५४८ मत प्राप्त गर्नुभयो ।