• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो– अनिलकुमार साह ★   मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री ★   उद्योग वाणिज्य महासंघका अध्यक्षलाई डालीमा मकै कोशेली ★   शीर्षस्थानको आर्सनललाई चार अंकको अग्रता ★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी

तुलसीपुरमा एमाले उम्मेदवारको अग्रता



तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्का र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीबीच प्रतिस्पर्धा देखिएको छ ।

आज बिहान प्राप्त मत विवरणअनुसार एमालेका खड्काले १० हजार ६०५ र कांग्रेसका उम्मेदवार गिरीले १० हजार ५३४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ । उहाँहरु बीच ७१ मतान्तर रहेको छ ।

त्यस्तै उपप्रमुख पदमा एमालेका उम्मेदवार स्यानी चौधरी अगाडि हुनुहुन्छ । चौधरीले ११ हजार १७ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले आठ हजार ९९ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच एक हजार ८१८ को मतान्तरण रहेको छ । हालसम्म २५ हजार ६८३ मत गणना भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–६ को वडाध्यक्ष पदमा एमालेका दुजमान भण्डारी २१ हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज डाँगीले दुई हजार ६७ मत प्राप्त गर्नुभएको छ । यसअघि तुलसीपुर–५ मा कांग्रेसका वीरेन्द्रकुमार शाह, तुलसीपुर–४ मा गठबन्धबाट माओवादीका तुलसी थापामगर, तुलसीपुर–३ मा एमालेबाट वीरबहादुर विक, तुलसीपुर–२ भमबहादुर कवर योगी, तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित हुनुभएको छ ।

अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी रहेको छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ मत खसेको थियो । रासस