७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पंकजले दिए एन्फा अध्यक्षमा उम्मेदवारी



अ+ अ-

काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले अध्यक्ष पदमा शुक्रबार उम्मेदवारीको घोषणा गर्नु भएको छ ।

नेम्वाङले विभिन्न जिल्लाका सदस्य र केही एन्फा पदाधिकारीको उपस्थितिमा शुक्रबार आयोजित पत्रकार सम्मेलनबाट अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेम्बाङले बर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको मर्म अनुसार नेपाली फुटबललाई अगाडि बढाउन नसकेको भन्दै फुटबल चलाउने योजना आपूmसँग रहेको भन्दै उम्मेदवारीको घोषणा गरेको बताउनु भयो ।

एन्फाको अहिलेको नेतृत्वले पारदर्शिता र भ्रष्ट्राचारमा शुन्य सहनशीलता विपरित कार्य भइरहेको आरोप लगाउँदै बर्तमान अध्यक्ष असक्षम भएको उहाँले बताउनु भयो । ‘हिजो हामीले भन्ने गरेका थियौं की पारदर्शिता, भ्रष्ट्राचारमा शुन्य सहनशीलता तर त्यसको ठिक विपरित अहिलेको नेतृत्वले काम गरिरहेको छ । परिवर्तनको लागि समूह एकता, आर्थिक पारदर्शिता लगायत मुद्धा उठाएको थियौं । तर त्यो केहि क्षणमै हरायो । चार उपाध्यक्षलाई चार तिर १२ सदस्यलाई १२ तिर पु¥याउँदै बर्तमान अध्यक्षले एकलौटी तरिकाले काम गर्नु भएको छ । हामीले गलत प्रक्रिया भयो भन्दा उहाँ मान्नु भएन । आर्थिक विषयलाई पारदरर्शी तरिकाले काम गर्न आर्थिक नियमावली बनायौं । नियमावली अनुसार हुन सकेन । आर्थिक अनियमितामा चरमा पुग्यो । फिफाले अनेक कम्पनी पठाएर अडिट गरेको छ । नीतिगत हिसाबमा प्रशासनमा भ्रष्टाचार भएको छ । झण्डै तीन करोड रुपैया त्यो फिफाबाट आएको कम्पनीले लगेको छ । हिजो हामी पारदर्शिता भ्रष्टचारमा शुन्य सहनसिलता भनेका थियौं । अब नेपाली फटुबललाई अगाडि बढाउने हो भने हामीले उम्मदवारी दिनुपर्छ । क्लब र एन्फाको साथीहरुको कुरामा उम्मेदवारी दिँदैछौं ।’

यस्तै शुक्रबारकै पत्रकार सम्मेलनमा विरबहादुर खड्काले नेम्बाङलाई सहयोग गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको घोषणा गर्नु भयो । पत्रकार सम्मेलनमा खड्काले आफूलाई खेलाडीहरुले नै चुनावमा उठ्न प्रोत्साहन गरेको भन्दै उम्मेदवारी दिएको बताउनु भयो ।

‘मेरो उम्मेदवारी विगत तीन हप्तादेखि १० राष्ट्रिय खेलाडीको विषयजस्ता कुराहरुका लागि हो । छानविन समितिले प्रतिवेदन बुझाइसकेपछि पनि खेलाडीले दिनहुँ आएर गुनासो गरिरहँदा हामी केही गर्न सकिरहेका छैनौं । खेलाडीले हाम्रो भविष्य के भनेर गुनासो गरिरहँदा अध्यक्ष र महासचिवको त्यसतर्फ ध्यान जान सकेको छैन । एन्फा अध्यक्ष खेलाडी र उपाध्यक्षहरुसँग भेट्न चाहनुभएन । खेलाडीहरुले कर्माछिरिङ शेर्पाले फुटबल चलाउन सक्नुहुन्न अब तपाइहरु आउनुपर्छ भन्नुभयो । त्यसैले म खेलाडीको उम्मेदवार हुँ । बर्तमान अध्यक्षलाई खेलाडीको मतलब छैन । राजनीति नै चाहिने हो भने अब प्रदेश र केन्द्रको चुनाव हुँदैछ । म नेम्वाङको टिमबाट उम्मेदवारी घोषणा गर्दछु ।’

असार ६ गते हुने निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौं क्लबसँग मताधिकार रहेको छ ।