४ भाद्र २०८३, बिहीबार
,
Latest
कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोटका लागि फुटबल टोली घोषणा



photo : anfa
अ+ अ-

काठमाडौं । खेलाडी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

घोषणा गरिएका २३ जना समावेश स्क्वाडमा कप्तान किरण चेम्जोङसँगै क्याम्प छोडेका १० खेलाडीलाई समावेश गरिएको छैन ।

चार हप्ता अगाडि प्रशिक्षक अब्दुल्लाहको विरोध गर्दै मुख्य खेलाडी, रोहित चन्द, अञ्जन विष्ट, विशाल राई, बिमल घर्तिमगर, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ लगायतले क्याम्प छोडेका थिए । त्यसपछि यो विवाद उत्कर्षमा पुग्दा खेलाडीले विभिन्न निकायमा छानबिनका लागि विज्ञेप्ति नै बुझाएका थिए । झण्डै एक हप्ता अगाडि पूर्व खेलाडी भिक्टोर राणाको संयोजकत्वमा एन्फाले तीन सदस्यीय छानबिन समिति समेत बनाएको थियो ।

छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

नेपाली टोलीः

गोलकिपरः दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्सः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ