२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जगरनाथपुर गाँउपालिकामा कांग्रेस



Nepali Congress
अ+ अ-

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकै बबिता सिंह निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ७४९ मत पाउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार महम्मदसलिम मन्सुरले भने तीन हजार ९२६ मत प्राप्त गर्नुभयो ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा सिंहले पाँच हजार ५३१ मत पाउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार मीरादेवी कुर्मीले तीन हजार ३४५ मत प्राप्त गर्नुभयो ।