• २३ असार २०७९, बिहीबार
  •      Thu Jul 7 2022
Logo
Latest
★   जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रहरुलाई सुरक्षित गर्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ ★   संसद बैठक बस्दै, सदनबाट नागरिकता विधेयक फिर्ता लिने तयारी ★   चितवनमा हैजाको जोखिम ★   एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित ★   बाजुराको बूढीगंगा नगरपालिकामा मतदान जारी ★   राजधानीमा हैजासँगै कोरोना पनि बढ्यो, सतर्कता अपनाउन आग्रह ★   चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते ★   मन्त्रिपरिषद् निर्णय: विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ★   प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको कार्यभार ★   तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः नेता पुन

मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलमुताइरीलाई हटाउन छानविन समितिको सिफारिस



काठमाडौं । फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न बनेको समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ ।

अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न सिफारिस गरेको हो ।

समितिमा भुतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका छन् ।

राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडीले एफसी कप छनोटको बन्द प्रशिक्षण छाडेर बाहिर निस्किएपछि घटना सार्वजनिक भएको थियो । उपकप्तान रोहित चन्द सहितका खेलाडीले प्रशिक्षणको क्रममा राम्रो बस्न र खानको प्रबन्ध गर्न अनुरोध गरेपछि प्रशिक्षक अलमुताईरीले चन्दलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए ।

खेलाडीले प्रशिक्षणको दौरान राम्रो प्रबन्धका लागि उपकप्तानलाई बोल्नका आफुहरुलेनै आग्रह गरेको धारणा प्रशिक्षकसँग राखेपछि अलमुताईरीले अपशब्द प्रयोग गरि थप सिनियर ९ खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेपछि विवाद थप चुलिएको थियो ।

छानविन समितिले एएफसी कप छनोटको समापनसँगै कतारसँग परामर्श गरेर प्रशिक्षक परिवर्तन गर्न एन्फालाई सुझाव दिएको हो ।

वर्तमान प्रशिक्षक अलमुताईरी जिम्मेवारी सम्हाल्न सक्षम नभएको समेत उल्लेख गरिएको छ ।