२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपुर नगरपालिकामा आफताब आलमका छोरा विजयी



अ+ अ-

रौतहट । रौतहटको राजपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहम्मद राजिक आलम निर्वाचित भएका छन् । राजिक विसं २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका सांसद मोहम्मद आफताब आलमका कान्छा छोरा हुन् ।

राजिकले जनता समाजवादी पार्टी ९जसपा० का मोहम्मद जैद आलमलाई दुई हजार ५७४ मतान्तरले पराजित गरेका हुन् । राजिकले प्रमुख पदमा निर्वाचित हुन छ हजार ३३५ मत ल्याउँदा मोहम्मद जैदले तीन हजार ७५१ मत हासिल गरे ।

राजपुर नगरपालिकाको उपप्रमुख पदमा पनि कांग्रेसकै जमिला असगरी छ हजार २६८ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका चिन्ताकुमार कलवारलाई तीन हजार ६२९ मत प्राप्त भयो ।

चिकित्सकसमेत रहेका राजिक मोहम्मद आलमकै विरासत मानिएको राजपुरमा ‘लोकप्रिय’ पाएका हुन् । पराजित मोहम्मद जैद आलमका आफ्नै भान्जा स्वर्गीय मुस्ताक राजाका छोरा रहेको बताइएको छ ।

राजिकका हजुरबुबा शेख इद्रिस कांग्रेसका पुराना नेता थिए । उनले रौतहटबाट विसं २०४८ र २०५१ को प्रतिनिधिसभाको निर्वाचन जितेका थिए । उनका बुबा आलमले पनि विसं २०६४ र २०७४ को निर्वाचनमा जित हासिल गरेका थिए । यद्यपि उनीमाथि फौजदारी मुद्दा चलाइएपछि उनी अहिले प्रतिनिधिसभाबाट निलम्बित छन् ।