• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पहिलो नम्बरमै पालो ★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि ★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने ★   दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

जनप्रतिनिधिहरु पद सम्हाल्दै तारकेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिका मेयरको सपथ



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा निर्वाचित मेयर कृष्णहरी महर्जनले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

मेयर महर्जनले शुक्रवार सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्नुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्दीहरु नेकपा(एमाले)का रामेश्वर बोहराले ७ हजार ८०८ र नेकपा(एकीकृत समाजवादी)का लवकुमार बस्नेतले १ हजार ७३२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी तारकेश्वर नगरपालिकाको उपमेयरमा १० हजार ७८६ मत सहित नेपाली कांग्रेसकै सृजना बुर्लाकोटी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा(एमाले)की भवानी डोटेलले ८ हजार ६ मत र नेकपा(माओवादी केन्द्र)को धनलाल महर्जनले १ हजार ९९५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै काठमाडौंकै बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्वाचित मिठाराम अधिकारीले पनि शुक्रवार पद तथा गोपनियताको सपथ लिनुभएको छ । नेकपा(एमाले)बाट निर्वाचित अधिकारीले १४ हजार २५० मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ र नेकपा(एकीकृत समाजवादी)का वालकृष्ण श्रेष्ठले २ हजार २२२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपमेयरमा पनि नेकपा(एमाले)ले जित हासिल गरेको छ । १४ हजार ३१४ मतसहित एमालेकी अनिता लामा उपमेयरमा निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसकी रमिला वाग्लेले ११ हजार ९७२, नेकपा(एकीकृत समाजवादी)की प्रमिला सापकोटाले १ हजार ८८८ र माओवादी केन्द्रकी कमला गौतमले ८२७ मत प्राप्त गर्नुभएको छ ।