२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर्तामोड नगरपालिकामा एमाले विजयी



अ+ अ-

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख पदमा पवित्रा महताराले नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरिन् ।

महताराले १६ हजार ५२० मत ल्याउँदा पराजित सिटौलाले १२ हजार ७६२ मत हासिल गरे । झापा जिल्लामा नगरप्रमुख बन्ने पहिलो महिला बनेकी छन् । उनी अघिल्लो कार्यकालमा सो नगरपालिकाको उपप्रमुख थिइन् ।

उपप्रमुखमा एमालेकै नगेन्द्र संग्रौला १५ हजार ५८६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार चन्द्रप्रसाद कडरियाले आठ हजार ४५१ मत मात्र पाए ।