५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर्तामोड नगरपालिकामा एमाले विजयी



अ+ अ-

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख पदमा पवित्रा महताराले नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरिन् ।

महताराले १६ हजार ५२० मत ल्याउँदा पराजित सिटौलाले १२ हजार ७६२ मत हासिल गरे । झापा जिल्लामा नगरप्रमुख बन्ने पहिलो महिला बनेकी छन् । उनी अघिल्लो कार्यकालमा सो नगरपालिकाको उपप्रमुख थिइन् ।

उपप्रमुखमा एमालेकै नगेन्द्र संग्रौला १५ हजार ५८६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार चन्द्रप्रसाद कडरियाले आठ हजार ४५१ मत मात्र पाए ।