२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा मतगणनामा ढिलाइ भएपछि अधिकार प्रत्यायोजन



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०६३ अनुसार वडाध्यक्षबाट सम्पादन हुने कार्यहरुको अधिकार वडासचिवहरुलाई प्रत्यायोजन गरेको छ ।

गत वैशाख १५ गतेको निर्णयअनुसार नै वडासचिवहरुलाई अधिकार प्रत्यायोजन गरिएको र निवर्तमान वडाध्यक्षहरुको कार्यावधि जेठ ५ गते सकिएकाले अर्को वडाध्यक्ष निर्वाचित भएर नआएसम्मका लागि वडासचिवहरुलाई अधिकार प्रत्यायोजन गरिएको हो ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको मतगणना अझै नसकिएको हुनाले वडाध्यक्षले गर्ने काम वडा सचिवहरुले गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सबै वडा सचिवलाई लेखेको पत्रमा सेवाग्राही नागरिकहरुको सेवा प्रवाह प्रक्रियालाई निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था रहेकाले अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्नुभएको छ ।

वडा सचिवहरुलाई व्यक्तिगत घटना दर्ता गर्ने, नाता प्रमाणित गर्ने, अत्यावश्यक सिफारिस प्रदान गर्ने, सर्जिमिन मुचुल्का (नक्सा पास, म्याद टाँस) लगायतका काममा रोहवर प्रमाणित गर्ने र वडा तहका अन्य प्रशासनिक कार्यहरु गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।