५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले भ्रष्टाचार मुद्दामा निलम्बित उपाध्यायको शपथ रोक्न दियो निर्देशन



अ+ अ-

कैलाली । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित एक गाउँपालिकाका अध्यक्षलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्देशन दिएको छ ।

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन निर्वाचन आयोगले निर्देशन दिएको हो ।

अदालतमा उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विचारधीन रहेको भन्दै आयोगले शपथ नगराउन निर्देशन दिएको बताएको छ । यसअघि सो गाउँपालिका–२ को वडाध्यक्ष हुँदा उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

त्यसैगरी वडा नं ३ बाट वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचारधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुको मुद्दा विचाराधीन रहेको पत्र पठाएपछि निर्वाचन आयोगले शपथ नगराउन निर्देशन दिएको हो ।