२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित



अ+ अ-

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)की शिवकुमारी थारु निर्वाचित हुनुभएको छ ।

शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित हुनुभएको हो ।

एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहनुभयो । विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो ।

तत्कालीन निर्वाचनमा थापा स्वयं राप्रपाबाट उम्मेदवार हुनुहुन्थ्यो । प्रमुखमा पराजित थापा मङ्सिरमा सम्पन्न सङ्घीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लड्नुभएको थियो ।

नगरको उपप्रमुखमा भने शिवकुमारी थारु निर्वाचित हुनुभएको छ । नगरमा रहेका ११ वडामा मिश्रित परिणाम आएको छ । तीन वडा कांग्रेस, तीन एमाले, दुई/दुई माओवादी र लोसपा, एक वडामा जसपाले जीत निकालेको छ ।