२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.12

Wind: 1.54

Humidity: 64

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला रु एक हजारले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २७० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।