• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन जेठ १९ गते



मधेश प्रदेश

जनकपुर । मधेस प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते बिहीबारका लागि आह्वान गर्ने निर्णय गरिएको छ ।

मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अधिवेशन अगामी जेठ १९ गते बिहीबार दिउँसो १ बजे आहवान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

प्रदेश प्रहरीका सम्बन्धमा सातै प्रदेशको आन्तरिक मामिला मन्त्रीहरूको बैठक आगामी असारको पहिलो साता जनकपुरधाममा बस्ने निर्णयसमेत भएको त्यस अवसरमा उहाँले बताउनुभयो ।

उक्त बैठकले मुख्यमन्त्री किसान उत्थान कार्यविधिसमेत स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै यसअन्तर्गत साना किसानहरूले वर्षेनी बैंकमार्फत रु १० सहयोग पाउने भएका छन् । उक्त सभाको आठौँ अधिवेशन गत २०७८ चैत २९ गते अन्त्य भएको थियो ।