५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै



अ+ अ-

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ ।

महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मत परिमाण आउन बाँकी छ ।

पर्सामा कूल १४ पालिका छन् । तीमध्ये केही पालिकाको मतपरिणाम निम्न छन् ः

बहुदर माई नगरपालिका

बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार सिंगासन साह तेली निर्वाचित हुनुभएको छ । तेलीले छ हजार चार मत पाउनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिवप्रसाद पटेलले पाँच हजार ६५८ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपप्रमुख पदमा एमालेकी उम्मेदवार सुस्माकुमारी कुशवाहा निर्वाचित हुनुभयो । छ हजार ४४० मतका साथ कुशवाह उपाध्यक्षमा पदमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सोनामती देवी यादवले पाँच हजार ५२५ मत प्राप्त गर्नुभयो ।

पोखरिया नगरपालिका

यस नगरपालिकाको नगर प्रमुख पदमा एमालेका उम्मेदवार प्रद्युम्न चौहान विजयी हुनुभएको छ । चौहानले पाँच हजार ३२४ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान प्रमुख दीपनारायण रौनियारले तीन हजार १२१ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार रुवीकुमारी ठाकुर पाँच हजार १९५ मतका साथ विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी रेहना खातुनले तीन हजार ९२९ मत प्राप्त गर्नुभयो ।

विन्दवासिनी गाउँपालिका

विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका उम्मेदवार प्रमोद तिवारी विजयी बन्नुभएको छ ।

तिवारीले चार हजार १४१ मत ल्याएर विजयी प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विवेक चौरसिया तीन हजार ४६८ मत हासिल गर्नुभयो ।

त्यस्तै उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार ज्योतिदेवी चौरसिया विजयी हुनुभएको छ । चौरसियाले दुई हजार ३६६ मत ल्याएर विजयी बन्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार सुनिता चौरसियाले दुई हजार २८७ मत प्राप्त गर्नुभयो ।

पकहामैनपुर गाउँपालिका

यस गाउँपालिकाको अध्यक्ष पदमा कांगे्रसका उम्मेदवार सुरेशप्रसाद मेहता निर्वाचित हुनुभएको छ । मेहताले चार हजार ६८५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाका उम्मेदवार विजयकुमार चौरसियाले दुई हजार ५२९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरफुन नेशा चार हजार १४१ मतसहित निर्वाचित हुनुभएको छ । निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले एक हजार ८७२ मत प्राप्त गर्नुभयो ।

जिराभवानी गाउँपालिका

जिराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले चार हजार ५६० मत गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष एवं एमालेका उम्मेदवार रामप्रीत महतोले तीन हजार २९९ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार रेखा चौधरी विजयी बन्नुभएको छ । चौधरीले चार हजार ७१० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष एवं एमालेकी उम्मेदवार उषा देवी थरुनीले दुई हजार ९६५ मत प्राप्त गर्नुभयो ।