४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

नेप्से परिसूचक ओरालो, एक अर्ब ३० करोडको कारोबार

नेप्से परिसूचक ओरालो, एक अर्ब ३० करोडको कारोबार
अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २३.५१ अङ्कले ओरालो लागेर दुई हजार २५०.९१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.८८ अङ्कले ओरालो लागेर ४३७.२१ मा झरेको छ ।

नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर रु एक अर्ब ३० करोड नौ लाख ८१ हजार ९९६ बराबरको कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर ०.११ अङ्कले उकालो लागेको छ । त्यस्तै, बैंकिङ ६.५७, व्यापार २४.९२, होटल तथा पर्यटन २१.०६, विकास बैंक ८३, जलविद्युत् ४४.७४, वित्त ४१.३५, निर्जीवन बीमा १४३.०५, उत्पादन ४४.४२, अन्य १८.३८, लघुवित्त ५१.७, जीवन बीमा १७२.२८ र लगानी १.०५ अङ्कले ओरालो लागेको छ ।

कारोबार भएकामध्ये प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु १२ करोड ८१ लाख ७९ हजार ९६२ बराबरको कारोबार भयो । एनआइसी एशिया लघुवित्त रु पाँच करोड सात लाख ७२ हजार ८२०, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ९० लाख ७६ हजार ७१६, अरुण काबेली पावर रु तीन करोड १२ लाख ६३ हजार ९४९ र हिमालयन डिस्टिलरी रु दुई करोड ९६ लाख २५ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा जनरल इन्स्योरेन्स ७.४५, मैलुङ खोला जलविद्युत् कम्पनी २.९४, एनएमबी हाइब्रिड फण्ड एक २.२८, एनआइसी एशिया सेलेक्ट फण्ड २.२४ र नबिल ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले २.०९ प्रतिशतले कमाए । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स ७.०८, युनियन हाइड्रोपावर ५.३०, सूर्योदय बोमी लघुवित्त ५.१२, श्री इन्भेस्टमेन्ट फाइनान्स ४.७२ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.७० प्रतिशतले गुमाए । रासस