२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले विश्वमा खाद्य असुरक्षाको अवस्था झन् बढ्दै गएकाले सबै गम्भीर हुनुपर्ने बताएको छ ।साथै विश्वका देशहरुमा पछिल्लो समयमा बढ्दै गएको खाद्य असुरक्षाको अवस्था कम गर्नका लागि विश्वका सबै राष्ट्रलाई मिलेर काम गर्न पनि संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।

न्युयोर्कमा बुधबार आयोजना भएको एक बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरामा जोड दिनुभएको हो ।उहाँले पछिल्लो दुई वर्षमा विश्वमा खाद्यान्न अभाव भएका मानिसहरुको संख्या दोब्बर भएको र यो अवस्था अझै बढ्दै जाने खतरा रहेको भन्दै त्यसका लागि विश्वका सबै देशहरुले नै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले दिएको जानकारीअनुसार विश्वमा महामारी सुरु हुनुभन्दा अघि विश्वका १३५ मिलियन मात्र मानिसमा खाद्य अभाव भएकामा अहिले त्यो संख्या दुई वर्ष पछि बढेर कम्तीमा पनि २ करोड ७६ लाख पुगेको छ ।

खाद्य असुरक्षाको अवस्था गएका केही वर्षहरुमा निकै बढ्दै गएको पनि देखिएको छ । सन् २०१६ पछि विश्वमा कम्तीमा पनि ५०० प्रतिशतले यो अवस्था बढेको पाइएको पनि समाचारमा जनाइएको छ ।