२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज र पोखरामा सिंह र आचार्यले मतान्तरलाई फराकिलो बनाउँदै



अ+ अ-

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतगणनाअनुसार सिंहले नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीलाई आठ हजार ३४५ मतले पछि पारेका छन् ।

अहिलेसम्म सो महानगरमा १२ वटा वडाको ३१ हजार ७०१ मत गणना भइसकेको छ । सिंहले १७ हजार दुई मत प्राप्त गरेका छन् । सरावगीले भने अहिलेसम्म आठ हजार ६५७ मत मात्र ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गिरिश गिरीले जम्मा ७७९ मत पाएका छन् ।

त्यस्तै पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का प्रमुख पदका उम्मेदवार आफ्नो अग्रतालाई बढाएका छन् । पोखरामा अहिलेसम्म ५२ हजार ८१७ मतगणना भइसक्दा आचार्यले २१ हजार ८१७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै एमालेका उम्मेदवार कृष्ण थापाले १९ हजार ३८८ मत हासिल गरेका छन् । अहिले आचार्य थापाभन्दा दुई हजार ४९५ मतले अगाडि छन् ।

महानगरको प्रमुख पदमा अर्का उम्मेदवार राप्रपाका शंकर खरालले दुई हजार १८६ मत पाएका छन् ।