५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक



अ+ अ-

बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी)ले एक स्थानीय तहमा जित हासिल गरेको छ ।

कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । एमाले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्रले दुर्गाथली र छविसपाथीभेरा गाँउपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले जित हात पारेको छ ।

यस्तै पालिकाको उपप्रमुख पदमा भने कांग्रेसले पाँच, एमालेले दुई, माओवादी केन्द्रले तीन र समाजवादीले दुई स्थानीय तहमा जित हात पारेको छ । कांग्रेस सुर्मा, दुर्गाथली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, एमाले तल्कोट र साइपाल गाउँपालिका, माओवादी केन्द्र खप्तडछान्ना तथा मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ । जिल्लाका ९४ वडामध्ये कांग्रेसले ३१, एमालेले २७, माओवादी केन्द्रले ११ र एकीकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर आठ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् ।