• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’ ★   सहीदहरूको नाममा कार्यक्रम गरौँ भन्दा एमाले–कांग्रेसका साथीहरु नगरसभा बैठक रोकेर जानुभो – बालेन ★   समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ: अध्यक्ष ओली (अन्तरवार्ता) ★   रोहित सबैभन्दा सफल कप्तान, तोडे बाबर आजमको कीर्तिमान ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता ★   रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती ★   देवघाटमा एक सय ४२ आयोजना सम्पन्न ★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

निर्वाचन अधिकृत नहुदा बूढीगङ्गामा चार वडाको मतगणना अन्योलमा



बाजुरा । बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो ।

गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफु असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो । उक्त नगरको २, ३, ५ र ९ वडामा विभिन्न पार्टीका कार्यकर्ताबीच झड्प भएपछि आफु असुरक्षित भएकाले निर्वाचनकार्य अघि बढाउन नसक्ने जनाउँदै निर्वाचन अधिकृत सापकोटाले राजिनामा दिनुभएको थियो ।

सापकोटाको राजिनामापछि निर्वाचन आयोगले वैकल्पिक ब्यवस्था नगर्दा ती वडाको निर्वाचनकार्य अन्योलमा परेको हो । आयोगले बूढीगङ्गामा निर्वाचन अधिकृत पठाउन खोज्दा कसैले आउन नमानेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताउनुभयो । ती वडामा नेकपा (एमाले)ले विवाद सिर्जना गरेको जनाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्नुपर्ने अडान राख्दै आएको छ । एमालेले भने शान्तिपूर्ण वातावरणमै मतदान भएकाले निर्वाचन भएको सबै वडाको मतगणना सुरु हुनुपर्नै जनाउँदै आएको छ ।

यसैबीच बूढीगङ्गामा मतदान विवाद भएको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले नगरको सवै वडामा पुनः मतदान गर्न निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा अनुगमन टोली जिल्ला आएको थियो । अनुगमनमा टोलीले जिल्लामा राजनीतिक दल तथा उम्मेदवार, मतदान अधिकृत र सुरक्षाकर्मीसँग राय–सुझाव सङ्कलन गरेर फर्किएको जनाइएको छ ।