५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरीमा कांग्रेसका उम्मेदवार विजयी



Nepali Congress
अ+ अ-

काठमाडौँ । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी हुनुभएको हो ।

प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी हुनुभएको थियो । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाउनुभएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाउनुभएको छ । उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाउनुभएको छ ।