५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता



अ+ अ-

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ ।

साहले ५ हजार २७९ मत प्राप्त गर्नुभएको छ । एमालेका शिवशङ्कर साह ३ हजार ४२० मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी २ हजार १३२ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार ५४० मतका साथ चौथोे स्थानमा रहनुभएको छ ।

निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह १ हजार ५१९ मतका साथ पाँचौँ स्थानमा हुनुहुन्छ ।

उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राख्नुभएको छ । उहाँले पाँच हजार ९११ मत प्राप्त गर्नुभएको छ । एमालेका रुना झाले तीन हजार ७८० मतका साथ उहाँलाई पछ्याइ रहनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।