२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीको सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी



अ+ अ-

सिन्धुली । सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित हुनुभएको छ ।

गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले पाँच हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गर्नुभयो । अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले पाँच हजार ९८ मत प्राप्त गर्नुभयो भने उपाध्यक्ष पदकी उम्मेदवार हेमा अधिकारीले तीन हजार ९५८ मत प्राप्त गर्नुभयो ।

सात वडा रहेको सुनकोशीमा ६ वटामा गठबन्धन तथा एउटामा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसले १, २, ३ र ४ नंम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ५ र ६ नम्बर वडा जितेको छ । गठबन्धनलाई पराजित गर्दै वडा नं. ७ मा एमाले विजयी भएको छ । विसं २०७४ मा एमालेले तीन, कांग्रेसले दुई र माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वडामा जित हासिल गरेको थियो ।