२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलेसी तुवाचुङमा कांग्रेस विजयी



Nepali Congress
अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी हुनुभएको छ । राईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का खडेन्द्रकुमार राईलाई ३५१ मतले तथा राउतले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमेम्बर राईलाई २७३ मतले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी हुनुभएको हो ।

विमलाले छ हजार ३१७ मत ल्याएर विजयी हुँदा खडेन्द्रले पाँच हजार ९६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सङ्गीता न्यौपाने (ढुङ्गेल)ले जानकारी दिनुभयो । उहाँका अनुसार उपप्रमुखमा राउतले पाँच हजार ९३४ मत ल्याएर विजयी हुँदा राईले पाँच हजार ६६१ मत ल्याउनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा विमला नगरप्रमुखमा निर्वाचित हुनुहुने पहिलो महिला बन्नुभएको छ । विसं २०७४ सालको निर्वाचनमा कांग्रेसबाटै उपप्रमुखमा विजयी विमलाले यसवर्षको निर्वाचनमा एमाले र माओवादी केन्द्रको अघोषित गठबन्धनलाई पराजित गर्दै प्रमुखमा विजयी हुनुभएको हो ।

एघार वडा रहेको यस नगरपालिकामा तीन वडा बाहेक अन्य सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नं ६ मङ्गलटारमा माओवादी का गण राई तथा वडा नं १० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र वडा नं ११ राजापानीमा एमालेकै अनिस कार्की विजयी हुनुभएको हो ।

अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुखसहित सात वडा जितेको कांग्रेसले यस पटकको निर्वाचनमा थप एक वडाध्यक्षसहित पुनः प्रमुख र उपप्रमुख दुवै जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेसबाट वडा नं। १ बाहुनीडाँडामा रुद्रकुमार राई, वडा नं २ डिकुवामा देवेन्द्रकुमार राई, वडा नं ३ च्यास्मिटारमा भूपालसिं राई, वडा नं ४ बडहरेमा किशोरकुमार बस्नेत, वडा नं ५ दुर्छिममा रुपेन्द्रकुमार राई, वडा नं ७ महादेविस्थानमा कमल गिरी, वडा नं ८ धितुङमा टेकराज राई र वडा नं ९ सल्लेमा काँसीराज राई विजयी हुनुभएको हो ।

जिल्लाका दश स्थानीय तहमध्ये काँग्रेसले सबैभन्दा बढी छ तथा एमाले र माओवादी केन्द्रले दुई/दुई स्थानीय तहको प्रमुखमा विजय हासिल गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा काग्रेसका तीर्थराज भट्टराई तथा उपप्रमुखमा माओवादी केन्द्रका विसन राई नेकपा (एमाले)का उम्मेदवार कुमार आचार्य र विणादेवी राईलाई अत्यधिक मतले पछि पार्दै विजयी हुनुभएको छ ।

साकेला गाउँपालिकाको प्रमुखमा कांग्रेसका रविप्रकाश राई तथा उपप्रमुखमा माओवादी केन्द्रका बिर्सिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा एमालेका लोकन्द्र राई तथा उपप्रमुखमा एमालेकै अरुणा थापामगर, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा एमालेका गिरेन्द्रबहादुर राई तथा उपप्रमुखमा कांग्रेसका राजेश राजभण्डारी, बराहपोखरी गाउँपालिकाको प्रमुखमा कांग्रेसका शालिकराम बञ्जरा तथा उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का भूवलराज राई विजयी हुनुभएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिकाको प्रमुखमा कांग्रेसका समिर राई तथा उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका गुरुराज राई, रावाबेँसी गाउँपालिकाको प्रमुखमा काँग्रेसका फटिककुमार श्रेष्ठ तथा उपप्रमुखमा एमालेका कौशिला गुरुङ, जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका अरुणादेवी राई ‘दिक्षा’ तथा उपप्रमुखमा कांग्रेसका खेमबहादुर खड्का र खोटेहाङ गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका उदिमबहादुर राई ‘मुक्ति’ तथा उपप्रमुखमा कांग्रेसका रुपेश राई विजयी हुनुभएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको छ वटा स्थानीय तहमा कांग्रेससहित चार दल तथा चार वटामा कांग्रेसबाहेक तीन दलबीच चुनावी तालमेल भएको थियो । चार राजनीतिक दलबीच चुनावी तालमेल भएको ऐसेलुखर्क गाउँपालिकामा कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङले बागी उम्मेदवार दिनुभएपछि गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका श्रीबहादुर राई पराजित हुनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा एमाले पाँच, कांग्रेस चार र माओवादी केन्द्रले एउटा स्थानीय तह जितेको थियो । सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा यसवर्षको निर्वाचनमा एमाले एक्लै मैदानमा उत्रिएको हो ।