• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

प्रेस काउन्सिलको कानूनी सल्लाहकारमा अधिवक्ता लुईंटेल



काठमाडौं । प्रेस काउन्सिल नेपालले अधिवक्ता अनन्तराज लुईंटेललाई कानुनी सल्लाहकार नियुक्ति गरेको छ । लुईंटेल संवैधानिक मामला, देवानी तथा फौज्दारी मुद्दामा दख्खल राख्छन् । उनी मिडिया सम्बद्ध कानुनमा विशेष दख्खल राख्छन् ।

संवैधानिक कानुनमा एलएलएम र राजनीतिक शास्त्रमा एमए गरेका अधिवक्ता लुईंटेल साढे दुई दशकदेखि मिडिया र अदालतसँग सम्बन्धित गतिविधिमा गहिरो चासो राख्ने कानुन व्यवसायी मानिन्छन् । उनले द हिमालयन टाइम्स दैनिक, राजधानी दैनिक, हिमालय टाइम्स दैनिक, प्रकाश साप्ताहिक र सौर्य साप्ताहिकमा आबद्ध भएर लामो समयदेखि मिडिया स्वतन्त्रताको पक्षमा कलम चलाएका छन् ।

उनको सहलेखनको मिडिया विधिशास्त्र नामक पुस्तक कलेजहरूमा समेत सन्दर्भ सामाग्रीको रुपमा लिइन्छ भने मिडिया स्वतन्त्रताका विषयमा उनका दर्जनौ लेखहरू प्रकाशित छन् ।प्रेस काउन्सिल र बार काउन्सिलका प्रकाशनहरूमा समेत उनका लेखहरु प्रकाशित छन् ।

हाल सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमिति सदस्य रहेका अधिवक्ता लुईंटेल संवैधानिक कानुन व्यवसायी मञ्चको निवर्तमान महासचिव समेत हुन् ।