६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ सय रुपैयाँले घट्यो सुनको मूल्य, रु. ९९,२०० प्रति तोला कायम



अ+ अ-

काठमाण्डौं । अघिल्लो साता एक लाख पाँच हजारसम्म पुगेको सुनको मूल्यमा केही दिनदेखि निरन्तर गिरावट आएको छ ।

आइतबार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ९९ हजार २०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।