२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपा गाउँपालिकाका नवनिर्वाचितलाई प्रमाणपत्र



अ+ अ-

गण्डकी । कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

नवर्विाचित अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङलगायतलाई एक कार्यक्रमका बीच निर्वाचन अधिकृत रुद्र सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष ओझा र उपाध्यक्ष गुरुङ नेकपा एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । दुवै जना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिनुभएको हो । अध्यक्षमा ओझाले पाँच हजार ७४९ मत ल्याएर विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिमायाँ गुरुङले चार हजार १३७ मत ल्याउनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा गुरुङले पाँच हजार ४४५ मत ल्याएर निर्वाचित बन्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार नारायण श्रेष्ठले चार हजार १५३ मत ल्याउनुभयो ।

रुपा गाउँपालिकाको सात वडामध्ये पाँचमा एमालेले जितेको छ भने दुई वटामा नेपाली कांग्रेसले जितेको छ । रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेकामा १० हजार ३४४ मत खसेको थियो ।