२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज जोशीलाई सुवास नेम्वाङ र किसान श्रेष्ठले भेटे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँमा उपचाररत दीपकराज जोशीलाई भेट्न नेकपा ९एमाले० का नेता सुवास नेम्वाङ र श्रममन्त्री किसान श्रेष्ठले अस्पताल पुगेर भेट गरेका छन् । उनीसँग नेपाल प्रहरीका पूर्व आईजीपी सवेन्द्र खनालले समेत भेट गरेका छन् ।

तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि स्थानीय तहको निर्वाचनको दिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहले कुटपिट गरेको थियो । दीपकराज जोशी नेपाली कांग्रेसबाट साधारण सदस्यबाट समेत निष्काशित पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् ।

दीपकराज जोशीले तनहुँको व्यास नगरमा मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका थिए । वरिष्ठ नेता पौडेलको गृह गाउँ रिस्तीमा मतदान केन्द्रमा गएका बेला पौडेल समूहका कांग्रेस कार्यकर्ताले जोशीमाथि आक्रमण गरेको थियो ।