१ आश्विन २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान आज कति छ सुनचाँदीकाे मूल्य ? रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा



Nepali Congress
अ+ अ-

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।

जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ । नेकपा (एमाले)ले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ । एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ । एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र) ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १३ नगरपालिका र १४ गाउँपालिकामा अग्रस्थानमा छ । हालसम्म माओवादीले १६ उपप्रमुख र ७७ उपाध्यक्ष जितेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले दुई नगर पालिकामा जित हासिल गरेको छ । आठ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी नेपालले पाँच गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ । रासस