• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु

महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा कांग्रेस



जलेश्वर । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार गए राति सम्पन्न मतगणना परिणामअनुसार जिल्लाको रामगोपालपुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका रामदुलार साह पाँच हजार ३४९ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै उपप्रमुख पदमा सोही पार्टीकी रिनादेवी यादवले चार हजार २६३ मत ल्याएर विजयी हुनुभभएको छ ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डल र नेपाली कांग्रेसकी पुष्पादेवी कुशवाहा रहेका छन् । उनीहरुले क्रमशः तीन हजार ५८६ र तीन हजार ४०३ मत ल्याएका छन् ।

त्यसैगरी गए राति नै सम्पन्न मतगणना परिणाम अनुसार जिल्लाको मनरासिस्वा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहन पाण्डेय पाँच हजार ८८४ मत ल्याएर विजयी हुनुभयो भने उपप्रमुख पदमा सोही पार्टीकी सकुन्तला देवीले पाँच हजार ७४५ मत ल्याएर विजयी हुनुभयो ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः जनता समाजवादी पार्टीका महेन्द्र राय र सोही पार्टीका निर्मलाकुमारीदेवी सिंह रहेका छन् । उनीहरुले क्रमशः चार हजार ९२० र चार हजार ८४२ मत ल्याएका छन् ।