२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा –५ मा एमालेको प्यानलै विजयी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ । उहाँले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६४७ मतले पछि पार्दै उहाँ आफ्नो प्यानलसहित विजय हुनुभएको हो ।

त्यसैगरी सदस्यमा एमालेको तर्फबाट कृष्णराज चालिसे र केशवप्रसाद श्रेष्ठ विजय हुनुभएको छ । महिला सदस्य सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजय हुनुभएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा जनप्रतिनिधिको प्यानलै विजय भएका छन् ।

त्यसैगरी प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुख पदका लागि एमालेको उम्मेदवार सुनिता डङ्गोलले आफ्नो अग्रता कायम राख्नुभएको छ ।