५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ नगरप्रमुखमा श्रेष्ठ र उपप्रमुखमा राजु खड्का विजयी



अ+ अ-

बागलुङ । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो ।

अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले आठ हजार ८२१ मत पाउनुभयो । गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै दुई हजार ३०० मतान्तरले पराजित हुनुभएको थियो । दोस्रोपटकको आमने–सामनेमा श्रेष्ठले बाजी मार्नुभयो ।

उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत पाउनुभयो । बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा गठबन्धनको तर्फबाट विजयी हुनुभयो । वडा नंं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं २ र १० नेकपा ९एकीकृत समाजवादी०ले, वडा नंं ४ माओवादी केन्द्रले र वडा नंं १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभयो । वडा नंं ५, ६ र ७ भने एमाले निर्वाचित भएको छ । रासस