• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

इलाम नगरपालिकामा नेपाली कांग्रेस विजयी



इलाम । इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा र उपप्रमुखमा
विष्णु दाहाल विजयी हुनु भएको छ ।

थापाले १३ हजार १ सय १५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी दाहालले १३ हजार ५ सय ४२ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकासीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गर्नुभयो ।