• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा बिजयी



काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा बिजयी भएको छ । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित हुनुभएको छ ।

लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरी बिजयी हुनु भयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा राप्रपा उम्मेदवार मैनालीले पाँच हजार ७८ प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवी गौतमले चार हजार १०६ मत प्राप्त गर्नुभयो । हल्दीबारी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका पनि हो ।