२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभामा ८ विधेयक पेस, अर्को बैठक बुधवार दिउँसो १ बजे बस्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस भएको छ । मंगलवारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका हुन् ।

प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गर्नुभयो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेस गर्नुभएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गर्नुभएको छ ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाबिरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २५० को उपनियम १ बमोजिम उक्त नियमावलीको नियम ४२ को उपनियम ४ लाई तत्कालका लागि निलम्वन गरियोस् भनि प्रश्ताव पेस गर्नुभयो । उक्त प्रश्ताव सदनमा बहुमतका साथ पास भएको सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भयो ।

नियम निलम्बनको प्रश्तावमा जेठ ४ गते (भोलि) प्रतिनिधिसभामा छलफल हुने सभामुख सापकोटाले बताउनु भयो । प्रतिनिधि सभाको अर्को बैठक भोलि (बुधवार) दिउँसो १ बजे बस्नेछ ।