२० आश्विन २०८१, आईतवार
,
Latest
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमाले: सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन पर्यो



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश गम्भीर संकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा ब्यस्त भएको आरोप लगाउनुभएको छ ।

मंगलार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्ञवालीले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह गर्नुभयो । उहाँले मुलुक झन्डै झन्डै राष्ट्रिय संकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न नेकपा एमालेले बिरोधको स्वरुपलाई परिवर्तन गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरु सत्ता सेटिङमा नै ब्यस्त रहेको बताउनु भयो ।

उहाँले सरकारलाई महंगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुरा र मुलुकको अर्थतन्त्रका सबै सूचकहरुमा रातो बत्ती बल्दै गरेको अवस्थाले पनि छुन नसकेको बताउनु भयो । सांसद ज्ञवालीले देशको स्थिति धेरै भयावह हुँदै गइरहेको पनि बताउनु भयो ।

सांसद ज्ञवालीले भन्नुभयो, ‘मुलुक झन्डै झन्डै राष्ट्रिय संकटतर्फ धकेलिँदै गरेको छ । त्यो विषयमा छलफल होस् भन्नका लागि हामीले बिरोधको स्वरुपलाई परिवर्तन गरेका हौँ । मुलुकको अर्थतन्त्र अहिले ठूलो शंकटमा छ । मान्य प्रधानमन्त्रीज्यू, मान्य मन्त्रीज्यूहरु सत्ताको सेटिङमै ब्यस्त हुनुहुन्छ । उहाँहरुलाई यी कुराले सायद छुँदैन पनि होला । न महंगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुराले छुन्छ, न मुलुकको अर्थतन्त्रका सबै सूचकहरुमा रातो बत्ती बल्दै गरेकाले छुन्छ । विदेशी सिञ्चिति इतिहासकै न्यून भएको छ, व्यापार घाटा चुलिँदै गएको छ, भुक्तानि सन्तुलनको स्थिति भयावह छ ।

यदी सत्ताको सेटिङ पुगेको छ भने मेरो आग्रह छ सम्माननीय प्रधानमन्त्री ज्यू निन्द्रबाट ब्युँझिनुहोस् । मान्य मन्त्रीज्यू निन्द्रबाट ब्युँझिनुहोस् । देशको स्थिति धेरै भयावह हुँदै गइरहेको छ । यस्तो बेलामा सरकारको ध्यान अवैध श्रोतबाट आएका धनलाई चोख्याउने त्यसमा साबुनपानी दल्नेतिर गयो ।’

सांसद ज्ञवालीले स्थानीय तह निर्वाचनमा नेकपा एमालेका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण हुँदा समेत सरकारे चासो नदेखाएकोप्रति गुनासो गर्नुभयो ।