• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

चितवनको माडी नगरपालकिाका प्रमुखमा एमालेकी ताराकुमारी विजयी



चितवन । चितवनको माडीनगरपालीका को मेयरमा एमालेकी ताराकुमारी महतो विजयी हुनु भएको छ । माडीनगरपालीका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र अन्तरगत पर्दछ ।

एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले ९ हजार ९०१ मत प्राप्त गनुृभयो । कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेले ७ हजार ७२९ मत प्राप्त गर्नुभयो । उहाँहरु बीच २ हजार १७२ मतको अन्तर परेको छ ।

उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उहाँले ६ हजार ८३० मत प्राप्त गर्नुभयो । एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत प्राप्त गर्नुभयो ।