५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्धारा सबैले मिलेर काम गर्न आह्वान



अ+ अ-

कोलम्बो । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनुभएको छ ।उहाँले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सोमबार साँझ एक सन्देशमा भन्नुभएको छ– यतिखेर देश निकै नै अप्ठेरो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ ।दक्षिण एसियाली मुलुक यतिखेर आर्थिक तथा राजनीतिक संकटमा गुज्रिएको छ । तर यहाँ राजनीतिक संकटका समयमा पनि आन्दोलन भने जारी नै रहेको छ । उता श्रीलंकामा सोमबारदेखि नौ घण्टे कफ्र्यु आदेश जारी गरिएको छ ।

सरकारले घोषणा गरेको कफ्र्यु सोमबार बेलुका ८ बजेदेखि लागू भइ बिहान पाँच बजेसम्म कायम रहने भएको छ ।विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कफ्र्यु आदेश जारी गरेको हो ।

विषेश गरेर आर्थिक संकट बढेपछि महंगी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए ।

केही दिनअघि राष्ट्रपति गोटावाय राजापाक्षले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गर्नुभएको छ ।