२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाको धनौजीमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जित्यो



अ+ अ-

धनुषा । धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले जित हासिल गर्नुभएको छ भने उपाध्यक्षमा रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी हुनुभएको हो ।

साहका प्रतिस्पर्धी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिनुभयो । पाँच वडा रहेको सो गाउँपालिकामा १३ हजार ६८५ मतदाता छन् ।

यसैगरि धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित हुनुभएको हो । यादवले नेपाली कांग्रेसका सुदेशकुमार चौधरीलाई ३८० मतान्तरले पराजित गर्नुभएको छ भने उपाध्यक्षमा सहगलले जसपाका गीता सुडीलाई १५८ मतान्तरले पराजित गर्नुभएको छ । ६ वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका छन् ।