२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा ज्वरोबाट पीडितको संख्या १४ लाख ८० हजार पुग्यो



अ+ अ-

उत्तर कोरिया । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ।

सोमबार मात्रै २ लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन् । तीमध्ये १७०,४६० जना निको भएका छन् भने छ जनाको मृत्यु भएको समाचार एजेन्सीले राज्य आपतकालीन महामारी रोकथाम मुख्यालयलाई उद्धृत गर्दै जनाएको छ ।

अप्रिलको अन्त्यमा देशमा ज्वरोको प्रकोप भएदेखि अहिलेसम्म ८ लाख १९ हजारभन्दा बढी ज्वरो आएका व्यक्ति निको भइसकेका छन् भने ६ लाख ६३ हजार ९०० भन्दा बढी उपचाररत छन् भने मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मङ्गलबारको अर्को रिपोर्टमा समाचार एजेन्सी केसिएनएले औषधिको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चालिएको र जनसेनाको सैन्य मेडिकल फोर्स सोमबार प्योङयाङका सबै फार्मेसीहरूमा तैनाथ गरिएको र २४ सै घण्टा सेवा प्रणाली अन्तर्गत औषधि आपूर्ति गर्न थालेको बताएको छ।

केन्द्रीय आपतकालीन महामारी रोकथाम क्षेत्रले यो रोगबाट निको भएका व्यक्तिहरूमा पुनस् सङ्क्रमण हुन नदिन महामारीको फैलावट रोक्न र सङ्क्रमणको नियन्त्रण प्रयास गरेको जनाएको छ।साथै देशभरका औषधि कारखाना र चिकित्सा उपकरण कारखानाहरूले अत्यावश्यक आवश्यकतामा औषधि र स्वास्थ्य सामग्रीको उत्पादन बढाएका छन्।

प्योङयाङले बिहीबार देशको पहिलो कोभिड-१९ सङ्क्रमणको पुष्टि गर्दै देशव्यापी तालाबन्दी घोषणा गरेको छ ।