२ भाद्र २०८३, मंगलवार
,
Latest
टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा ज्वरोबाट पीडितको संख्या १४ लाख ८० हजार पुग्यो



अ+ अ-

उत्तर कोरिया । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ।

सोमबार मात्रै २ लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन् । तीमध्ये १७०,४६० जना निको भएका छन् भने छ जनाको मृत्यु भएको समाचार एजेन्सीले राज्य आपतकालीन महामारी रोकथाम मुख्यालयलाई उद्धृत गर्दै जनाएको छ ।

अप्रिलको अन्त्यमा देशमा ज्वरोको प्रकोप भएदेखि अहिलेसम्म ८ लाख १९ हजारभन्दा बढी ज्वरो आएका व्यक्ति निको भइसकेका छन् भने ६ लाख ६३ हजार ९०० भन्दा बढी उपचाररत छन् भने मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मङ्गलबारको अर्को रिपोर्टमा समाचार एजेन्सी केसिएनएले औषधिको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चालिएको र जनसेनाको सैन्य मेडिकल फोर्स सोमबार प्योङयाङका सबै फार्मेसीहरूमा तैनाथ गरिएको र २४ सै घण्टा सेवा प्रणाली अन्तर्गत औषधि आपूर्ति गर्न थालेको बताएको छ।

केन्द्रीय आपतकालीन महामारी रोकथाम क्षेत्रले यो रोगबाट निको भएका व्यक्तिहरूमा पुनस् सङ्क्रमण हुन नदिन महामारीको फैलावट रोक्न र सङ्क्रमणको नियन्त्रण प्रयास गरेको जनाएको छ।साथै देशभरका औषधि कारखाना र चिकित्सा उपकरण कारखानाहरूले अत्यावश्यक आवश्यकतामा औषधि र स्वास्थ्य सामग्रीको उत्पादन बढाएका छन्।

प्योङयाङले बिहीबार देशको पहिलो कोभिड-१९ सङ्क्रमणको पुष्टि गर्दै देशव्यापी तालाबन्दी घोषणा गरेको छ ।