३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता



Nepali Congress
अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिनुभएको छ ।

कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ हजार ४३० मत ल्याई अग्रता लिनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले आठ हजार २२६ मत प्राप्त गर्नुभएको टोखाका निर्वाचन अधिकृत सविता शर्माले राससलाई जानकारी दिनुभयो ।

यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिनुभएको छ । तामाङले आठ हजार ४११ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ज्ञानमायाँ डङ्गोलले सात हजार ६६३ मत प्राप्त गर्नुभएको छ ।

टोखाको हालसम्म आठवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । तीमध्ये वडा नं १ मा नेपाली कांग्रेसका रमेशकुमार लामिछाने, वडा नं २ मा नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ मा एमालेकै रमेश डङ्गोल, वडा नं ४ मा एमालेका धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ मा एमालेकै मदन गुरुङ अध्यक्षमा विजयी हुनुभएको छ ।

यस्तै, वडा नं ६ मा कांग्रेसका शान्ता खनाल, वडा नं ७ मा एमालेका नरोत्तम राना र वडा नं ८ मा एमालेकै रमेश खत्री अध्यक्षमा विजयी हुनुभएको छ । टोखामा अहिले वडा नं ९, १० र ११ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।