२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको सिदिङ्वामा एमाले अध्यक्षमा र गठबन्धन उपाध्यक्षमा विजयी



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया(बन्दना) एक मतले विजयी हुनुभयो ।

राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वीले दुई हजार ३८२ मत प्राप्त गर्नुुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उहाँहरुको ७०३ मतको मत अन्तर रहेको छ ।

उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरीया (बन्दना) एक मतान्तरले विजयी हुनुभएको छ । कडरियाले दुई हजार ३७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गर्नुभयो । कडरीया माओवादीबाट अघिल्लो पटक सोही पालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । ताम्लिङले गठबन्धनको निर्देशन नमानेको र पार्टीले कारबाही गरेसँगै उहाँ स्वतन्त्ररुपमा उम्मेदवार बन्नुभएको थियो ।