५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसको अग्रता



अ+ अ-

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा (एमाले)लाई ३०० बढी मतले पछि पार्दै अघि लागेको हो । नगरपालिकाको वडा नं ३ सम्मको मतगणनामा एमाले अघि थियो । वडा नं ४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो ।

कांग्रेसका दीपक रिसालले छ हजार २६२ मत पाउनुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उद्धव विष्टले पाँच हजार ८६२ मत पाउनुभएको छ । उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी शान्ति नेपालले पाँच हजार ८५२ मत पाउनुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका सान्नानी लामाले पाँच हजार ८३६ मत पाउनुभएको छ ।

वडा नं ६ को अध्यक्षमा सुवेदी विजयी

वडा नं ६ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नारायणबहादुर सुवेदी निर्वाचित हुनुभएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो । उहाँले एक हजार ७५५ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार तारा पुडासैनीले ८१४ मत पाउनुभयो । सुवेदी प्यानलसहित निर्वाचित हुनुभएको हो ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगरप्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजय हासिल गरेको थियो । यसपटक भने कांग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३ मा हारेको छ । दुवै वडामा एमाले प्यानलसहित विजयी भएको छ । नगरपालिकाका नौवटा वडामध्ये चारवटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।

नगरपालिकाको वडा नं २ मा पनि एमाले प्यानलसहित विजयी भएको छ । वडा नंं ४ मा भने कांग्रेसका बागी उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भए । वडा सदस्यमा भने तीनवटा पदमा कांग्रेस र एउटा पदमा एमाले विजयी भएको छ ।