१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रचण्डको प्रस्टोक्तिः एमसीसी पास नगर्दा संविधानमै खतरा देखेपछि उपाय खोजियो

प्रचण्डको प्रस्टोक्तिः एमसीसी पास नगर्दा संविधानमै खतरा देखेपछि उपाय खोजियो
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताउनुभएको छ । 

निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताउनुभएको हो । प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन हुनुले व्याख्यात्मक घोषणाले पनि कानूनी मान्यता प्राप्त गरेको अध्यक्ष दाहालले बताउनुभयो । १२ बूँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएपश्चात नेपाली समाज विभाजन हुनबाट पनि बचेको उहाँले उल्लेख गर्नुभयो । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीतिदेखि कानून र सुरक्षा प्रणालीप्रति नेपालीहरुको अडानपनि स्थापित भएको उहाँले बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो – ‘हिजो यो पारित भएपछि म निकै खुशी छु । देश दुर्घटनाबाट बच्यो । संविधान बच्यो । गठबन्धन बच्ने कुरा त त्यति ठुलो मान्दिनँ म चाहीँ । पोहोर सालकै प्रवृत्तिहरु एक ठाउँमा जाने स्थिति बन्यो भने त अठ्यारो आउँछ । त्यसबाट बचेको छ । र यसले कानूनी र वैधानिक बाटो प्राप्त गरेको छ । यो विशुद्ध हामीले पहिला पहिला गरेको आफ्नो संकल्प मात्रै होईन यो । अन्तर्राष्ट्रिय कानूनद्वारा स्थापित भएको प्रक्रिया र मान्यता हो । हामी सबैले गर्व गर्नुपर्छ राष्ट्र फेरी एकतावद्ध भएको छ । राजनीतिक दलहरु फेरी एक ठाउँमा उभिएका छन् । नेपाली समाज विभाजित हुनबाट बचेको छ । र विकास निर्माणको निम्ति आएको परियोजनालाई हामीले हिजो १२ बुँदे घोषणा गरेका छौँ । त्यसले आर्थिक परियोजनाको रुपमा विकासलाई पनि निकास दिएको छ । हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, हाम्रो असंलग्न नीति, हाम्रो संविधान, हाम्रो कानून, हाम्रो सुरक्षा प्रणालीलाई पनि राम्रैसँग हाम्रो स्वतन्त्र अडान चाहीँ हिजोबाट स्थापित भएको छ । हामी सबैले यसलाई सकारात्मक ढंगले हेर्न, सकारात्मक ढंगले स्थापित गर्न जरुरी छ ।’

अध्यक्ष दाहालले एमसीसीको विषयमा राष्ट्रिय सहमती जुटाउनका लागि आफूले पटक–पटक प्रयास गरेको भएपनि सफल हुन नसकेको बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का कारण एमसीसीमा राष्ट्रिय सहमती कायम गर्न नसकिएको उहाँले आरोप लगाउनुभयो । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट निवासमै गएर सघाउन आग्रह गरेपनि सभामुखको राजिनामा र एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त नभइकन सघाउन नसक्ने वचन दिएका कारण सहमती जुट्न नसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘एमसीसीको कारणले फेरी राजनीतिक दलहरुमा विभाजन, समाजमा विभाजन, राष्ट्र नै विभाजित मानसिकतामा जान थालेपछि मैले यो विषय यसो भयो भने यसको कालान्तरमा या अन्तत् हुन के जान्छ भने फेरी संविधानमाथि घात, फेरी लोकतन्त्रमाथि घात होला कि भनेर मैले यसलाई कुनै तरिकाको कुनै उपाय खोज्न सकिन्छ कि भन्ने सन्दर्भमा अलिकति ढिलो लैजाँउ, छलफल गरौँ । त्यसकारण तपाईहरुले ध्यान दिनुभएकै होला मैले पटक पटक राष्ट्रिय सहमती हुन उचित हुन्छ । यस्तो राष्ट्रिय महत्वको संवेदनशील विषय, जनतामा यतिधेरै विवाद, बहस भइराखेको विषयमा राष्ट्रिय सहमती गर्नु उचित हुन्छ भनेर मैले नै प्रस्ताव राखेको हो र प्रधानमन्त्रीजी त्यसमा सहमत पनि हुनुहुन्थ्यो गठबन्धनमा त्यसमा सहमती पनि भयो । र पटक पटक बालुवाटारमा सर्वदलीय बैठक बोलाइयो पनि, प्रधानमन्त्रीजीले बोलाउनुभयो पनि तर प्रतिपक्ष नआइदिदाँ त्यो फेरी अगाडी जान सकेन । मैले नै प्रधानमन्त्रीजीलाई बालकोट गएर भएपनि केपीजीसँग कुरा गर्नुप¥यो र यसमा त उहाँको विमति हुने कुरा होइन हिजोदेखि त्यसकारण राष्ट्रिय सहमती गरेर कसरी यसलाई अगाडी बढाउने टुंगोमा लैजाउँ भनेर सुझाव मैले पटक पटक प्रधानमन्त्रीलाई दिएँ । त्यतिबेला राष्ट्रिय सहमती बनाउने उद्देश्यले नै प्रधानमन्त्रीजी बालकोट गएर पनि यसमा तपाईले मद्दत गर्नुप¥यो पनि भन्नुभयो । तर केपीजीले अर्कै इस्यु लिएर सदन अवरोध गर्नुभाछ, सभामुख हटाउनुपर्ने, १४ जना सांसद हटाउनुपर्ने आदि इत्यादी त्यही कुरा भन्नुभयो भन्ने भयो र सम्भव भएन ।’

उहाँले एमसीसीको विषय ठिक ढंगले समाधान गर्न नसकेको भए शान्ति सम्झौता समेत दुर्घटनामा पर्ने खतरा रहेको औँल्याउनुभयो । गठबन्धन भत्किने मात्रै नभइ राजनीतिक परिवर्तन समेत उल्टिने खतराको चित्र आफूले देखेका कारण एमसीसी अनुमोदन गर्ने ठाउँमा पुगिएको अध्यक्ष दाहालको भनाई छ । उहाँले भन्नुभयो – ‘सडकमा आन्दोलन बढ्दै जान थाल्यो । पार्टीहरु भित्र पनि विवाद बढ्दै जान थाल्यो । र अन्तिमतिर आउँदा मैले के चित्र देख्न थालेँ भने यो विषयलाई हामीले ठिक ढंगले ह्यान्डल गरिएन भने शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने चित्र देखेँ मैले । धेरै ठुलो कुरा हो यो । शान्ति सम्झौताको बाँकी काम जो पुरा गर्नु छ हामीले त्यो नै दुर्घटनामा पर्ने खतरा । संविधान डिरेल हुने खतरा । यो सरकार जाने अर्को सरकार आउने मात्रै हुने देखिएन । यो गठबन्धन टुट्यो भने सरकार एउटा थियो अर्को आयो मात्रै हुने देखिएन । धेरै चिज उल्टिने खतरा देखियो ।’

अध्यक्ष दाहालले माओवादी केन्द्र सडक आन्दोलनमा जानुको उपलब्धि नै व्याख्यात्मक घोषणा गर्न सकिएको जिकिर गर्नुभयो । माओवादीको आन्दोलनका कारण अमेरिका र सत्तारुढ नेपाली कांग्रेस पनि व्याख्यात्मक घोषणाका लागि सकारात्मक भएको उहाँले दाबी गर्नुभयो । नेपाली जनताले देखाएको पहलकदमीका कारण पनि समस्या समाधानमा सहयोग पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘उहाँहरुले राष्ट्रियताप्रति सजग भएर सडकमा गएर आवाज उठाउनेहरु, हामीले विपक्षमा भोट हाल्छौँ है यो यथास्थितिमा पास गर्दैनौँ भन्ने त मै हो नि । अस्तिसम्म । हामी त्यसो भनेर त्यहाँ बहस गर्नेहरु । यो सबैको मेहनत नभएको भए यो व्याख्यात्मक घोषणासम्म आउने थिएन । त्यसकारण यसको सम्बन्ध त्यहाँ छ है मित्र तपाईहरु ख्याल गर्नुहोला । त्यो सबै भइसकेपछि अमेरिकाले कहिँ न कहीँ अलिकति नयाँ वेआउट त दिनुप¥यो नेपाल त बडो नराम्रोसँग विभाजित र आन्दोलित पो हुने हो कि भन्ने अमेरिकनहरुलाई पनि लाग्यो । नेपाली कांग्रेसलाई पनि लाग्यो । हामी त त्यहाँ छदैँ थियौँ । हामी त त्यही बहस गरिराखेको थियौँ । त्यो सबैले गर्दापनि अब सम्झौताको अंग कानूनी हैसियत सहित यो व्याख्यात्मक घोषणा हुन पुग्यो । आम जनताको पहलकदमीले समस्या समाधानको विन्दुमा पुग्न मद्दत पुग्यो । आन्दोलनकारीको पनि योगदान छ ।’

अध्यक्ष दाहालले एमसीसी अनुमोदनको विषयलाई लिएर पार्टीभित्र विमती रहेको स्वीकार गर्नुभयो । पार्टीका नेता नारायणकाजी श्रेष्ठ एमसीसी अनुमोदनको विपक्षमा रहेको भन्दै अध्यक्ष दाहालले असन्तुष्टि बाहिर नराखी केन्द्रीय कमिटी बैठकमा राख्न आफूले अनुरोध गरेपनि बाहीर कुरा राखेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । एमसीसीको विपक्षमा अभिव्यक्ति दिदैँ आएका नेता देव गुरुङ भने पार्टीको निर्णय कार्यान्वयनमै सक्रियतापूर्वक लाग्नुभएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाको निम्ति बनेको वर्तमान सत्तारुढ गठबन्धन कायम रहने, सरकार बच्ने र यही सरकारले निर्वाचन गराउने स्पष्ट पार्नुभयो ।